बारा-बाराको सिमरामा जेनजी आन्दोलनका क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ। बिहीबार दिउँसो कर्फ्युको आदेश अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र तीन राउण्ड अश्रृग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो।
उहाँका अनुसार एक राउन्ड अश्रुग्यास सेल पनि प्रहार भएको छ।
अहिले स्थिति नियन्त्रणमा आउने क्रममा रहेको उहाँले बताउनुभयो। ‘जेनजी समूहलाई वार्ताका लागि बोलाइएको छ। प्रहरी प्रशासन उहाँहरूको माग पूरा गर्न लागिपरेको छ,’ उहाँले भन्नुभयो।
इलाका प्रहरी कार्यालय सिमरामा जेनजी समूहमाथि कुटपिट गरेको आरोपमा सात जनाविरूद्ध जाहेरी परेको छ। त्यसमध्ये दुई जना वडाध्यक्ष पक्राउ परेका छन्।
मुक्का प्रहार गर्नेलाई व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग राखेको छ।







प्रतिक्रिया