अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला


काठमाडौं-पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आज काठमाडौँको बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो। 

‘उहाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आएको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भरखरै सकेको छ’ उहाँले भन्नुभयो, ‘अब शव पोस्टमार्टमका लागि लगिन्छ।’

खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। खनियाँका श्रीमती र एक छोरी छन्।