अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिराज ढुंगानाको जेनजी समूहले प्रधानमन्त्री कार्कीलाई बुझाउँदै ज्ञापनपत्र

मिराज ढुंगानाको जेनजी समूहले प्रधानमन्त्री कार्कीलाई बुझाउँदै ज्ञापनपत्र


 काठमाडौँ-मिराज ढुंगाना नेतृत्वको  जेनजी समूहले सुशासनको सवालमा अपेक्षित काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन सोमबार  (मंसिर ८) दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जान लागेको ढुंगानाले जानकारी दिनुभयो।

‘आज ३ बजे प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदै छौँ। सुशासनको मर्मविपरीत सरकारले गरेका गतिविधिको खबरदारी हो’, ढुंगानाले भन्नुभयो, ‘समस्याहरूबारे जानकारी गराउने कुरा हो।’

आजै जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ। सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेनजी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो।

तीन फरक–फरक जेनजी समूहले यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिइएको भन्दै विज्ञप्ति जारी गरेका थिए।