अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेश एमालेकाे डिजिटल प्लेटफर्म सार्वजनिक

मधेश प्रदेश एमालेकाे डिजिटल प्लेटफर्म सार्वजनिक


मधेश प्रदेश–नेकपा(एमाले) मधेश प्रदेशले संगठन सुदृढीकरण र सूचना व्यवस्थापनलाई आधुनिक बनाउने उद्देश्यसहित cpnumlmadhesh.org नयाँ आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ। उक्त वेबसाइट प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले सोमबार जनकपुरमा एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो।

पार्टीका अनुसार यो साइट UML मधेश प्रदेशको दीर्घकालीन ‘डिजिटल रूपान्तरण परियोजना’ को आधारभूत ढाँचा मानिएको छ। वेबसाइटमार्फत रियल–टाइम अपडेट, जनप्रतिनिधिहरूको विस्तृत प्रोफाइल, नीति–कार्यक्रमहरूको डिजिटल पहुँच, ऑनलाइन सदस्यता तथा स्वयंसेवक दर्ता सुविधा, जनगुनासो दर्ता प्रणाली तथा आठै जिल्लाका डिजिटल मिनी–साइट उपलब्ध हुने व्यवस्था गरिएको छ।

नेताहरूले नयाँ प्लेटफर्मलाई मधेशमा राजनीतिक टेक्नोलोजीको नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरेका छन्। उनीहरूको भनाइमा डिजिटल प्रणालीले UMLलाई अझ संगठित, पारदर्शी, डेटा–आधारित तथा जनमुखी बनाउँदै जनसम्पर्क र संगठन विस्तारमा प्रभावकारी योगदान पुर्‍याउनेछ।

सार्वजनिक कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अवदेश कामतसहित पार्टीका विभिन्न नेता तथा पत्रकारहरूको उपस्थिति थियो।