काठमाडौं-संसदीय समितिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्दैछ।
राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री अर्यालसँग समसामयिक विषयमा छलफल राखेको हो। बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ ।
समिति सचिवालयका अनुसार निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था, अन्तरजिल्ला मतदान जस्ता विषयमा समितिमा गृहमन्त्रीसँग छलफल हुनेछ ।







प्रतिक्रिया