काठमाडौँ-मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिनुभएको छ। बुधबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गर्नुभएको हो।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।
यादव कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।
यादवले राजीनामाको घोषणा गरेपछि प्रदेशसभाको अर्को बैठक अनिश्चित बनेको छ ।







प्रतिक्रिया