अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४४ शाखा बन्द गर्दै एनआईसी एशिया बैंक, उपत्यकाका मात्रै ३२ शाखा मर्ज हुने

४४ शाखा बन्द गर्दै एनआईसी एशिया बैंक, उपत्यकाका मात्रै ३२ शाखा मर्ज हुने


काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले ठुलो संख्यामा शाखा कार्यालय समायोजन गरेको छ। बैंकले एकैचोटी ४ वटा प्रदेशका ४४ वटा शाखा कार्यालय समायोजन गरी बन्द गरेको हो। जसअन्तर्गत काठमाडाैं उपत्यका मात्रै ३२ वटा मर्ज हुने भएका छन्।

बैंकले आजदेखि लागू हुने गरी उक्त शाखा कार्यालय समायोजन गरी बन्द गरेको हो। समायोजित शाखा कार्यालय पूर्ण रूपमा बन्द रहनेछन् भने समायोजनपछि सञ्चालनमा रहेका शाखा कार्यालयबाट सेवा दिइने जानकारी बैंकले जनाएकाे छ।

बैंकले काठमाडौंकाे नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार बोहोराटार, माछापोखरी, ढुङ्गेधारा–नर्सरी चोक न्यूरोड खिचापोखरी, भोटाहिटी, किलागल, तिन्चुली, चाबहिल, नरेफाट, बालुवाटार, अनामनगर, शंखमुल, मध्य बानेश्वर, खसीबजार, कपन, गोंगबु सोह्रखुट्टे, टेकु, सिनामंगल, मित्रपार्क र कालोपुल शाखा कार्यालय बन्द गरेको छ।

यस्तै, ललितपुरमा रहेका लगनखेल, मंगलबजार, सानेपा, ग्वार्को, खुमलटार, खोकना र चितवनमा रहेको बसेनी शाखा कार्यालय पनि गाभ्ने भएको छ। कास्की जिल्लामा रहेको पावर हाउस चोक, बुढी बजार, बाझा पाटन, महेन्द्रपुल–पोखरा, बगर र बिरौटा शाखा कार्यालय पनि बन्द भएका छन्।

साथै, मोरङमा रहेको विराटनगर मेनरोड, हाटखोला, रानी मिल्स एरिया र पर्सामा रहेको लिंक रोड, पावरहाउस चोकमा रहेको शाखा कार्यालय पनि गाभ्ने भएको छ। यसरी काठमाडौं, ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लामा रहेका ठुला संख्याका शाखा कार्यालय बन्द भएका छन्।