अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुली-१ बाट श्याम घिमिरेसहित १२ जना प्रतिनिधि सभा उम्मेदवार सिफारिस

सिन्धुली-१ बाट श्याम घिमिरेसहित १२ जना प्रतिनिधि सभा उम्मेदवार सिफारिस


मकवानपुर-नेपाली कांग्रेस सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर-१ बाट  आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिको मङ्सिर २४ र २५ गते बसेको बैठकले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको नाम टुंगो सिफारिस गरेको हो।

क्षेत्रीय सभापति कर्ण बहादुर मगरका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ श्याम घिमिरे सहित १२ जना र समानुपातिक तर्फ ४ जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरिएको छ । 

प्रत्यक्ष तर्फ श्याम कुमार घिमिरे, उज्ज्वल प्रसाद बराल, मोहन प्रसाद बराल, प्रेम चन्द्र दाहाल, विश्वनाथ कोइराला, शम्भु राउत, प्रेम प्रसाद भट्टराई, ध्रुव प्रसाद पहाडी, दिनेश प्रसाद अधिकारी, अर्पणा खड्का, खिला कुमारी दाहाल (लक्ष्मी) र अन्जनी कोइरालाको नाम सिफारिस गरिएको छ । 

समानुपातिक तर्फ गंगा दाहाल, इन्दिरा निरौला, भद्रिमाया मगर र चेत प्रसाद भट्टराईको नाम सिफारिस गरिएको छ भने राष्ट्रियसभा तर्फ उम्मेदवारका लागि विनोद कुमार गुरुङको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

Skip This