अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति


काठमाडौं-सरकारले जेनजी आन्दोलनमा भएका घटनाको जाँचबुझका लागि गठित उच्चस्तरीय आयोगले दिएको प्रतिवेदनका आधारमा दोषी देखिएका सुरक्षाकर्मीमाथि थप छानबिनका लागि समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरिक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक टेकप्रसाद राई सदस्य रहेका छन् ।

जेनजी आन्दोलन जाँचबुझ आयोगले सुरक्षा संयन्त्रको हकमा छुट्टै समिति बनाएर अध्ययन गर्न सिफारिस गरेको थियो ।