अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम भने घट्यो


काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.७३ अंकले बढेर बजार २७ सय ९६ दशमलव ४३ को बिन्दुमा बन्द भएको छ। यससँगै आज कारोबार आएको ३५१ कम्पनीमा १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेसँगै १४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

आज दिनभरिमा १ करोड ८ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ । आज सो कम्पनीको ३० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आँखु खोला जलविद्युतको २५ करोड ९७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पाेरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावर लगानीकर्ताले कमाएका छन्। आज यी तीन कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सिटि होटलका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्।

यससँगै आज सबैभन्दा धेरै निफ्रा ग्रीन इनर्जी डिबेन्चर ६ प्रतिशत – २०८८÷८९ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.०१ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, माई खोला हाइड्रोपावरका लगानीकर्ताले १०.०१ प्रतिशतका दरले गुमाएका छन्।