काठमाडौं-प्रभु बैंक लिमिटेडले बनेपा–११, काभ्रेपलाञ्चोकस्थित हस्पिटल एण्ड रिह्याबिलिटेसन सेन्टर फर डिसएबल्ड चिल्ड्रेन (एचआरडीसी)लाई ७ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपत्र बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण गर्न तथा पुनर्स्थापनासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न एचआरडीसीलाई सहयोग पुग्ने बैंकले जनाएको छ ।
एक कार्यक्रमका बीच प्रभु बैंकका तर्फबाट मार्केटिङ म्यानेजर सविन शमशेर राणाले एचआरडीसीका प्रमुख प्रशासन अधिकृत प्रकाशकुमार यादवलाई चेक हस्तान्तरण गरेका हुन् ।
प्रभु बैंकले नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ ।







प्रतिक्रिया