काठमाडौं-पूर्वगृहन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई शासनकर्ता नभएर सहजकर्ताको भाव राख्न सुझाव दिएका छन्। उनले विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको भन्दै सरकारको नेतृत्वकर्तालाई सामाजिक सञ्जालमार्फत सो सुझाव दिएका हुन्।
अर्यालले लेखेका छन्, ‘विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको हो। शासनकर्ता होइन, सहजकर्ताको भाव राखौं। शास्त्र भन्छ– मानवजीवात्मा पनि परमात्माकै अंश हो।’
अर्यायलले यसअघि पनि प्रधानमन्त्री वालेन्द्र शाहलक्षित स्टाटस लेखेका थिए। जसमा उनले ‘रुल अफ ल’ र ‘रुल बाई ल’बीच तात्त्विक फरक भएको जनाएका थिए।
उनले शुक्रबार लेखेका थिए, ‘रुल अफ ल र रुल बाई लबीच तात्त्विक फरक छ । सुशासनको जग बसाल्न रुल अफ लकाे जगेर्ना गराैँ । दिशाबाेध हाेस्, तत्त्वबाेध पनि हाेस् ।’








प्रतिक्रिया