अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चालु आवको ९ महिनामा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक, अरु कुनले कति कमाए ?

चालु आवको ९ महिनामा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक, अरु कुनले कति कमाए ?



काठमाडौं-चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले ४९ अर्ब भन्दा बढी नाफा आर्जन गरेका छन्। चालु वर्षको ९ महिनामा २० वटा वाणिज्य बैंकले ४९ अर्ब २१ करोड २० लाख बढी खुद नाफा आर्जन गरेका हुन् । जुन नाफा गत वर्षको तुलनामा बढी हो । गत वर्षको चैतसम्ममा बैंकहरुले ४१ अर्ब २५ करोड ९ लाख खुद नाफा आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ वटा बैंकको नाफा बढ्दा ७ वटा बैंकको नाफामा गिरावट आएको छ । ९ महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । बैंकले ६ अर्ब ७६ करोड ४६ लाख नाफा आर्जन गरेको हो । यसैगरी, बढी नाफा कमाउनेहरुको सूचीको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ४ अर्ब ४० करोड ११ लाख नाफा आर्जन गरेको छ। तेस्रोमा कुमारी बैंकले ४ अर्ब १७ करोड ८० लाख नाफा आर्जन गरेको छ।

त्यस्तै, चैत मसान्तसम्ममा एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड ९३ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब १४ करोड ६७ लाख नाफा आर्जन गरेका छन्। चैतसम्ममा प्राइम कमर्सियल बैंकले नाफा ३ अर्ब ८ करोड, नेपाल बैंकले २ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७६ करोड, एनएमबि बैंकले २ अर्ब ६८ करोड, सानिमा बैंकले २ अर्ब ३५ करोड नाफा कमाएका छन् । यसैगरी, स्टान्र्डड चार्टड बैंकले २ अर्ब ८ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३ करोड, सिद्धार्थ बैंकले २ अर्ब १ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड र नेपाल एसबीआई बैंककले १ अर्ब ४६ करोड नाफा कमाएका हुन् ।

त्यस्तै, कृषि विकास बैंकले १ अर्ब ३९ करोड, सटिजन्स बैंकले १ अर्ब ३० करोड, प्रभु बैंकले ८५ करोड हिमालयन बैंकले ७६ करोड २५ लाख र एनआईसी एशिया बैंकले १४ करोड नाफा कमाएको छ ।

धेरै नाफा गर्ने नबिल 
नबिल बैंकले रकमका आधारमा सबैभन्दा धेरै अर्थात् ९ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ। उच्च मुनाफा गर्नेमा नबिल बैंक पहिलो स्थानमा कायमै छ। यसको नाफामा ३३.९२ प्रतिशतको वृद्धि भएको हो।

दोस्रो धेरै नाफा ग्लोबल आईएमई बैंकले गरेको छ। उसले ४ अर्ब ४० करोड १९ लाख ७८ हजार रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ। यद्यपि यो नाफा यसअघिको तुलनामा २.९३ प्रतिशतले कम हो। 

तथ्याङ्क अनुसार २० वटा बैंकहरूमध्ये १३ वटाको बढ्दा ७ वटाको नाफा घटेको छ। यसले बैंकिङ क्षेत्रमा व्यावसायिक प्रदर्शन एकनासको नरहेको र बैंकहरूबीच तीव्र प्रतिस्पर्धा रहेको देखाउँछ।