अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ज्ञानेन्द्र शाहीको प्रश्न: यो सरकार हो कि आतङ्कवादी ?

ज्ञानेन्द्र शाहीको प्रश्न: यो सरकार हो कि आतङ्कवादी ?


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुकुम्वासी हटाउने नाममा सरकारले गरेको हर्कत आतङ्कवादीको जस्तै गतिविधि गरिरहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता शाहीले ‘सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन ?’ भन्ने प्रश्न गरेका हुन्।

 सुकुम्वासी हटाउने नाममा दुई नागरिकको ज्यान गएको भन्दै नागरिकको ज्यान बचाउने काम सरकारको होइन भन्दै प्रश्न गरे।

‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ। तर यो सरकार हो कि आतङ्कवादी हो ? म सरकारका मन्त्रीलाई भन्न चाहन्छु– तपाईंहरु बस्दै गरेको घर २४ घण्टामा खाली गर्नुस्। सक्नु हुन्छ ? सक्नु हुन्छ २४ घण्टामा डेरा सर्न ? त्यसको समय छैन। त्यो भएको हुनाले सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु। अवैध संरचना भत्काउनुस्। यो भत्काउनु पर्छ भन्ने पक्षमा म छु। तर मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्वासी बस्ती होइन, हुकुमवासीको मानसिकतामाथि प्रहार गर्नुस्, ’शाहीको प्रश्न छ।