काठमाडौं-आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५१ अंकले घटेर २७ सय २४ दशमलव ३९ को विन्दुमा कायम भएको छ। आज कारोबारमा आएका ३४६ कम्पनीहरु मध्ये ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ, भने १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।
आज ३ अर्ब ८ करोड रुपैयाँको शेयर कारोबार हुँदा ७८ लाख १६ हजार कित्ता शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै सिटि होटलको शेयर कारोबार भएको छ । आज सो कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, राहास उर्जाको ९ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.२६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सिटि होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका हुन् ।




प्रतिक्रिया