अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठकको आज तेस्रो दिन : चार जना सचिवले धारणा राखेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने

एमाले सचिवालय बैठकको आज तेस्रो दिन : चार जना सचिवले धारणा राखेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने


काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आज तेस्रो दिन पनि जारी रहनेछ ।
आजको बैठक विहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको प्रवक्ता लेखराज भट्टले जानकारी दिए । सचिवालयमा रहेका १९ जना नेता मध्ये दुईदिनमा १४ जनाले नेताले आफ्ना धारणा राखिसकेका छन् । आज चार जना सचिवहरुले धारणा राख्नेछन् । बैठकमा बोल्न बाँकी रहेका सचिवहरुमा भानुभक्त ढकाल,शेरधन राई,खगराज अधिकारी र यामलाल कडेंल रहेका छन् । उनीहरुले बोलेपछि अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्ने कार्यसुची रहेको छ ।
अध्यक्ष ओलीले पार्टीको समग्र अवस्था,निर्वाचनमा पराजयको कारणा र नेताहरुले उठाएका विषयको जवाफ दिने तयारी रहेको एक नेताले बताए ।