अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षी चार दलले संसद्‌मा सरकारको सशक्त विरोध गर्ने

विपक्षी चार दलले संसद्‌मा सरकारको सशक्त विरोध गर्ने


काठमाडौं-प्रतिपक्षी चार दलले संसदमा सरकारको सशक्त विरोध गर्ने भएका छन्।

आज विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको बैठकले जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निर्णय गरेका हुन्।

कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबीच छलफल भएको हो । बैठकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्लाई उपेक्षा गरेको निष्कर्ष निकालेको छ।

एमाले प्रमुख सचेतक महरले संसदीय मूल्यमान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको बताए ।