अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफ्ना कुरा सुनुवाइ नभएको भन्दै उमाशंकर अरगरियाले एमाले परित्याग गरे

आफ्ना कुरा सुनुवाइ नभएको भन्दै उमाशंकर अरगरियाले एमाले परित्याग गरे


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन्। आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै एमाले परित्याग गरेको बताएका हुन्।

उनले आफू एमाले प्रवेश गरेको लामो समय भइसक्दा पनि समायोजनको काम नटुंग्याएको भन्दै असन्तुष्टि पोखेका छन्।

‘एमालेमा प्रवेश गरेको निकै वर्ष हुन लाग्दा पनि आजसम्म हामीसँग आएका साथीहरूको समायोजन हुन सकेको छैन। आजसम्म मसँग आएका साथीहरू कमिटीविहीन छन्।

सगंठन शुद्धीकरण हुन नसकेको उनको भनाइ छ। पटकपटक पार्टीको अधिकारीक उम्मेदवारलाई हराउनेहरूलाई दण्डित गर्नुको सट्ट पुरस्कृत गर्ने परम्परा आफूले देखेको उनको भनाइ छ।

‘पटकपटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ताहरू अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु,’ उनले भनेका छन्।

यी सबै कुराहरू पटकपटक केन्द्रमा जानकारी गराउँदा पनि कुनै किसिमको पहल नहुँदा आजबाट एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको आफूले बताएका छन्। उनी लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी २०७९ भदौ ३० गते एमाले प्रवेश गरेका थिए। उनी धनुषा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यासीसमेत थिए।