अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाबाट कांग्रेस प्रवेश गरेकी ममता शर्मा केन्द्रीय सदस्यमा मनाेनीत

रास्वपाबाट कांग्रेस प्रवेश गरेकी ममता शर्मा केन्द्रीय सदस्यमा मनाेनीत


काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी ममता शर्मा (बारा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य मनोनीत गरेका छन्।

मंगलबार सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शर्मा केन्द्रीय समिति सदस्य मनोनीत भएको जानकारी दिए।

शर्मा रास्वपाको मधेश प्रदेशको संस्थापक सभापति हुन्। चुनावका बेला उनी रास्वपा विधि र विधानविपरीत चलेको भन्दै पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेकी थिइन् ।