अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उज्यालो नेपाल र हाम्रो पार्टीबीच एकताको सहमति

उज्यालो नेपाल र हाम्रो पार्टीबीच एकताको सहमति


काठमाडौँ-उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। 

शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा दुवै पार्टीबीच एकताको सहमति भएको हो। सहमतिपत्रमा उज्यालो नेपालका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्। 

दुवै पार्टीबीच पार्टी एकताका लागि सात बुँदे सहमति भएको छ। दुवै पक्षले पूर्ण एकता कामय गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाउने सहमतिपत्रमा उल्लेख छ।