काठमाडौं-नेकपा (एमाले) को स्थायी कमिटी बैठक शनिबार पनि जारी छ। बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक आज तेस्रो दिन पनि बसिरहेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार शनिबार केहीबेर अघिबाट बैठक सुरु भएको हो।
शुक्रबार बसेको बैठकमा पार्टीका विभिन्न कमिटी तथा सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका थिए।
एमालेले स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटीमा मनोनयन गर्न र विभिन्न विभागसहित पार्टीका सङ्गठनात्मक संरचनालाई पूर्णता दिन बाँकी छ। बैठकमा ती विषयमा छलफल भइरहेको छ।
पार्टीका विभिन्न कमिटीमा जिम्मेवारी बाँडफाँट तथा मनोनयनका विषयमा छलफल भइरहे पनि बाँकी काम कहिलेसम्म टुङ्गिने भन्नेबारे औपचारिक निर्णय सार्वजनिक भएको छैन।



प्रतिक्रिया