काठमाडौं- नेकपा एमाले निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) २ अनुसार दाहाललाई सो जिम्मेवारी दिइएको हो । यस अघि विभागको प्रमुख निरज आचार्य थिए । आचार्यलाई अहिले प्रचार तथा प्रकाशन विभागको प्रमुख तोकिएको छ । दाहाल यस अघि स्थानीय तह विभाग प्रमुख थिए ।




प्रतिक्रिया