अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘नेपालले भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक: गुरु बराल

‘नेपालले भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक: गुरु बराल


काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कडा आपत्ति जनाएको छ।

आइतबार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त भनाइले आम नेपालीको शीर झुकाएको दाबी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको उल्लेख गर्दै राष्ट्रिय प्रतिष्ठामा आँच पुगेको टिप्पणी गरे।

सांसद बरालले भने, ‘नेपालले समेत भारतको भूमि मिचेको रहेछ। म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी हाउसमा बोल्नु भएको छ, यसले हामी सबै नेपालीको शीर झुकेको छ। प्रधानमन्त्रीको हैसियतले सीमासम्बन्धी विषयमा यस्तो अभिव्यक्ति दिनु अत्यन्तै दुःखद र गम्भीर आपत्तिजनक हो।’

उनले प्रधानमन्त्री शाहले नेपाली जनताको प्रतिष्ठामा आँच आउने खालका अभिव्यक्ति दिन थालेको भन्दै सरकारको भनाइप्रति गम्भीर प्रश्न उठेको पनि बताए।

प्रधानमन्त्री शाहले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको दाबी थिए। आज सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले साे दाबी गरेका हुन्।

‘भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको रहेछ। मैले प्रधानमन्त्री भएपछि थाहा पाएँ। उनीहरूले मिचेको र हामीले मिचेको के हो दुवै देशले अध्ययन गरेर समाधान गर्ने छौँ।’