अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालले भारतको कुन भूमि मिच्यो ? प्रधानमन्त्रीसँग आशिका तामाङले मागिन् प्रमाण

नेपालले भारतको कुन भूमि मिच्यो ? प्रधानमन्त्रीसँग आशिका तामाङले मागिन् प्रमाण


काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले २०८३ जेठ १७ गते आइतबार प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदले प्रश्न उठाएका छन्।

धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको भए त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गर्न माग गरेकी हुन्। 

सोमबार सामाजिक सञ्जालमार्फत सांसद तामाङले प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै भनेकी छन्, ‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कुन–कुन भूभाग अतिक्रमण गरेको छ, त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। किनकि आजसम्म म लगायत अधिकांश नेपालीले भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्ने तथ्य मात्र सुन्दै र बुझ्दै आएका थियौँ। तर प्रतिनिधिसभामा यहाँले व्यक्त गर्नुभएको धारणापछि नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ भन्ने बुझ्नुपर्ने अवस्था सिर्जना भएको छ।’

सांसद तामाङले नेपालले भारतको कुन भूभाग कहिले र कसरी अतिक्रमण गरेको हो, त्यसका प्रमाणसहित तथ्य सार्वजनिक गरिदिनुहुन अनुरोध गरिन् ।