काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग्दै अखिल (क्रान्तिकारी) ले सोमबार साँझ काठमाडौंको प्रदर्शनीमार्ग क्षेत्रमा मसाल जुलुस प्रदर्शन गरेको छ।
प्रधानमन्त्री शाहले संसद्मा नेपाल-भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिको विरोध गर्दै संगठनले प्रदर्शन आयोजना गरेको गरेकाे हाे। प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए।
प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर तनाव उत्पन्न भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। भीड तितरबितर पार्न प्रहरीले लाठीचार्ज गरेको जनाइएको छ।
अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आघात पुगेको दाबी गर्दै उक्त अभिव्यक्ति फिर्ता लिन र प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ।













प्रतिक्रिया