काठमाडौं-सरकारले काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखसहित ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।
गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार एसएसपी सरुवाको निर्णय गरेका हुन्।
सरुवा सूची अनुसार काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखहरू पनि फेरिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमा दिलिप घिमिरेलाई ल्याइएको छ। घिमिरे प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए।
काठमाडौँका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा गरिएको छ।
ललितपुर परिसरमा तुल बहादुर कार्कीलाई ल्याइएको छ । ललितपुरमा कार्यरत होबिन्द्र बोगटीको प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा सुवास चन्द्र बोहरालाई पठाइएको छ ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्जय सिंह थापा, कोशी प्रदेश प्रहरी तामिल केन्द्र विराटनगरमा शिव कुमार श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ।
सिन्धुलीको दुधौली स्थित बागमती प्रदेश प्रहरी तामिल केन्द्रमा बिर बहादुर बुढा मगर, मानव बेचबिखन ब्यूरोमा नकुल पोखरेललाई पठाइएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत नवराज अधिकारीलाई साइबर ब्यूरोमा काज सरुवा गरिएको छ। प्रभु ढकाललाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। ढकाल यसअघि बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत थिए । एसएसपी दयानिधी ज्ञवालीलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा गरिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत कृष्ण प्रसाद कोइरालालाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पोखरामा सरुवा गरिएको छ।










प्रतिक्रिया