अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् मन्त्रिपरिषदका ४ निर्णय

यी हुन् मन्त्रिपरिषदका ४ निर्णय


काठमाडौं-सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्कोटा (कास्की) लाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको जानकारी दिएका हुन्।

यी हुन् ४ निर्णय:

(१) ओजोन तह संरक्षण सम्झौता स्वीकृत: संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी ‘मोन्ट्रियल प्रोटोकल’ कार्यान्वयन सम्झौतालाई बैठकले स्वीकृत गरेको छ। यो जलवायु परिवर्तनसँग सम्बन्धित सम्झौता हो।

(२) सशस्त्रको एआईजीमा बढुवा: सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अञ्जनीकुमार पोखरेललाई बढुवा गर्ने निर्णय भएको छ। गृहमन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो।

(३) अध्ययन समितिको म्याद थप: २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सिर्जित घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको कार्यअवधि ४५ दिन थप गरिएको छ।

(४) भूमि समितिमा नियुक्ति: भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटा तथा सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मनिति सोती र काठमाडौंकी डा. रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ।