काठमाडौं-भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। पाँच दिने भारत भ्रमणमा रहेका सभापति लामिछाने र भारतीय विदेशमन्त्रीबिच मङ्गलवार भेटवार्ता भएको हो।
जयशंकरले सामाजिक सञ्जालमार्फत रविसँग भेट भएको जानकारी दिएका हुन् । ‘आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो। हाम्रा छलफल विकास साझेदारी र जनता-जनताबीचको सम्बन्धमा केन्द्रित थिए। यी सम्बन्धहरूले विकास, प्रगति र समृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन्,’ उनले लेखेका छन्।





प्रतिक्रिया