अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी सदस्यता नविकरण कार्यशालाले पार्टी भित्र नयाँ उत्साह थप्नेछ : अध्यक्ष ओली

पार्टी सदस्यता नविकरण कार्यशालाले पार्टी भित्र नयाँ उत्साह थप्नेछ : अध्यक्ष ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता नविकरण तथा बिस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।
आजबाट काठमाडौंमा सुरु भएको सदस्यता नविकरण विस्तार उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भेलामा सहभागीहरुलाई पार्टी भित्र भएका कतिपय अन्यौलता र भ्रमहरु चिर्ने र नयाँ विश्वास र नयाँ जोश र नयाँ जागरका साथ कार्यक्षेत्रमा पठाउने बताए ।
भेलामा पार्टीका जिल्ला अध्यक्ष र सचिव,प्रदेशका पदाधिकारी तथा इन्चार्जहरु,पार्टीको संगठन विभाग र सबै जनसंगठनका अध्यक्षहरु सहभागी छन् । पार्टीको संगठन विभागले आयोजना गरेको कार्यशाला आज र भोली सञ्चालन हुनेछ । कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।