अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई अध्यक्ष ओलीको चेतावनी: उत्ताउलिएर अघि नबढ्नुहोला

सरकारलाई अध्यक्ष ओलीको चेतावनी: उत्ताउलिएर अघि नबढ्नुहोला


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन्।

काठमाडौंमा आजबाट सुरु भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताउँदै उत्ताउलोपन लामो समय नटिक्ने बताए । 

 सरकार अराजक शैलीमा प्रस्तुत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो तमासा लामो समय नटिक्ने बताए। ‘अराजकता केही दिनको पाहुना हो। लामो समय चल्दैन’ अध्यक्ष ओलीले भने।

 अध्यक्ष ओलीले भदौको विध्वंसकारी आन्दोलनपछि कुनै पनि राजनीतिक दलका कार्यकर्ता बोल्न सक्ने अवस्था नरहेको बेला एमालेका नेता कार्यकर्ता त्यस अराजकताका विरुद्ध बोल्न थालेको बताए।

‘भदौ २४ पछि अराजकता र हिंसाको डरले कोही पनि बोल्न सकेका थिएनन्’ अध्यक्ष ओलीले भने ‘त्यति बेला एमालेका नेता कार्यकर्ता वडा वडाबाट बोले। जसले अरू पार्टीलाई पनि मुख खोल्ने ठाउँ बनाइदिए । त्यसैले म एमालेका सबै कमरेडहरूलाई धन्यवाद दिन्छु।’

गत फागुनको निर्वाचन तमासा मात्र भएको अध्यक्ष ओलीको भनाइ छ ।