अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसदहरूको अवरोधपछि कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको बैठक स्थगित

सांसदहरूको अवरोधपछि कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको बैठक स्थगित


काठमाडौं-राष्ट्रियसभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आापत्ति जनाउँदै विपक्षी दलले बैठक सुरू भएलगत्तै उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो ।

बैठकको आजको कार्यसूचीमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेलगायतका कार्यसूची रहेको थियो।

यसैगरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो।

वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो।

अध्यक्ष दाहालले विपक्षी दलका सांसदलाई निर्धारित कार्यसूची अगाडि बढाउन पटकपटक आग्रह गरेपनि विरोध जारी रहेपछि जेठ २६ गतेसम्मका लागि बैठक स्थागित गरेका हुन् ।