अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट लुटिएको हात्तीको दाह्रासहित ५ जना पक्राउ

जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट लुटिएको हात्तीको दाह्रासहित ५ जना पक्राउ


काठमाडौं-भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रासहित ५ जना पक्राउ परेका छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ घर भएका २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल छन् ।

मनमैजु एरियामा राजिव महर्जन समेत व्यक्तिहरुले वन्यजन्तु हात्तीको दाह्रा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता शरद थापाले बताए ।

महर्जनको घरको खाली जग्गामा दात्तीका दाह्रा गाडेर राखेको अवस्थामा फेला परेको हो। उनको कोठामा ट्रामाडोल औषधि १५० वटा क्याप्सुल पनि फेला परेको छ।