अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेखा समितिको बैठक बस्दै नबसी स्थगित

लेखा समितिको बैठक बस्दै नबसी स्थगित


काठमाडौं-प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित भएको छ। कोरम नपुगेपछि बैठक स्थगित भएको हो।

समिति सभापति भरतबहादुर खड्काले कोरम नपुग्ने अवस्था देखिएपछि बैठक बस्दै नबसी स्थगित गरेको जानकारी दिए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने र सदनमा पनि केही परिस्थिति सृजना भएकाले कोरम पुग्ने अवस्था देखिएन। त्यही भएर बस्दै नबसी स्थगित गर्‍यौँ,’ सभापति खड्काले भने, ‘अर्का सूचना नभएसम्मका लागि भन्दै स्थगित गरेको छु। सदन २५ गतेका लागि बोलाइएको छ। २६ या २७ गतेतिर बोलाउने तयारी छ। तोकिएको छैन ।’