अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार

एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार


काठमाडौँ-सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको हो। हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।

एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौँ ल्याइएको घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन्।