काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.४६ अंकले घटेर बजार २७ सय ६६ दशमलव ७८ को बिन्दुमा बन्द भएको छ।
आज कारोबारमा आएको ३५३ कम्पनीको ४ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ६ लाख कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी एभरेष्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आँखुखोला जलविद्युतको ३२ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन्।
८.५ प्रतिशत एसबीएल डिबेन्चर २०८४ का लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.४८ प्रतिशतका दरले गुमाएका हुन् ।




प्रतिक्रिया