काठमाडौँ-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी सामु चुनौती र समस्या भए पनि तिनको सामना र समाधान गर्न सकिने बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको संकेत गरेको स्वीकार गर्दै त्यसलाई पुनः मजबुत बनाउन सकिने बताएका हुन्। तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य रहेको उनको भनाइ छ।
‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ। निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ, त्यसलाई पुनः मजबुत बनाउन पनि सकिन्छ’, महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन्। यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्।’
मुख्य बुँदा
- एमाले महासचिव शंकर पोखरेलले पार्टीका चुनौती सामना गर्न सकिने बताएका छन्।
- निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको संकेत गरेको उनले उल्लेख गरेका छन्।
- समाधानका लागि खुला आत्मसमीक्षा, कमजोरी स्वीकार, एकता र अनुशासन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
- यी काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुने उनले बताएका छन्।




प्रतिक्रिया