अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित

रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा गएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ।

शुक्रबार दिउँसो १ बजे बैठक बस्ने तय भएको बैठक स्थगित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिए। उनले रास्वपाका समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू जिल्ला अधिवेशनका लागि उपत्यकाबाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए। 

‘रास्वपाका प्राय: माननीयहरू पार्टीको जिल्ला अधिवेशनका लागि बाहिर हुनुहुन्छ । त्यही भएर बैठक स्थगित गर्‍यौँ,’ सभापति ढकालले भने । 

बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयनको प्रगतिबारे जानकारी सम्बन्धमा छलफल गर्ने, समिति अन्तर्गत उपसमिति गठन गर्ने तथा समितिको बैठक सञ्चालन कार्यविधि बनाउने कार्यसूची राखिएको थियो ।