अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान


काठमाडौँ-परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। 

नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार बनेपछिको यो पहिलो उच्च स्तरीय भ्रमण भएको र यस क्रममा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने बताए। नेपाल र भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत यो भ्रमण भएको हो। यस भ्रमणले दुई देशबिचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेको थियो। भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्। सो अवसरमा दुई देशका विदेशमन्त्रीबिच नेपाल र भारतको आपसी हितका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ।

विशेष गरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर दुई पक्षबिच वार्ता हुने विज्ञप्तिमा उल्लेख छ।