अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धवलशम्शेर राणा र दुर्गा प्रसाईँबीच एकता, राजसंस्था पुनर्स्थापनाका लागि नयाँ पार्टी घोषणा हुने

धवलशम्शेर राणा र दुर्गा प्रसाईँबीच एकता, राजसंस्था पुनर्स्थापनाका लागि नयाँ पार्टी घोषणा हुने


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित एकजुट भएका छन्। उनीहरूले आज एक कार्यक्रममार्फत एकताको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीपछि प्रसाईँले आफ्नो नेतृत्वमा रहेको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन्। साथै, मलमास सकिएपछि नयाँ राजनीतिक पार्टी घोषणा गरिने बताइएको छ।

कार्यक्रममा राणाले नयाँ पार्टीको नाम र झण्डा विज्ञहरूसँग छलफल गरेर टुंगो लगाइने जानकारी दिँदै मलमासपछि औपचारिक घोषणा हुने बताएका छन्।

हेर्नुस् समझदारी पत्र