अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको ४ हजार २४६ वडामा अधिवेशन सम्पन्न, ५१२ पालिकामा नयाँ नेतृत्व चयन

रास्वपाको ४ हजार २४६ वडामा अधिवेशन सम्पन्न, ५१२ पालिकामा नयाँ नेतृत्व चयन


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को हालसम्म कुल ४ हजार २४६ वडामा अधिवेशन सम्पन्न भएको छ।

 महाधिवेशन लक्षित गरी विशेष तालिका अन्तर्गत २०८३ जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन भएको थियो। त्यसैगरी २०८३ जेठ ९ र १० गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन भएको थियो।

२०८३ जेठ १६ र १७ गते पनि बाँकी रहेका वडा र पालिका अधिवेशन सञ्चालन भएको थियो। केन्द्रीय पोर्टलमा थप चार वटा तदर्थ वडा समिति अद्यावधिक भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। 

त्यसैगरी केन्द्रीय पोर्टलमा थप चार वटा तदर्थ पालिका समिति अद्यावधिक भएको छ। यसैगरी शनिबार र आइतबार हुने जिल्ला अधिवेशनको लागि केन्द्रबाट आवश्यक तयारी भएको बुर्लाकोटीले जानकारी दिए। 

‘जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने तयारी स्वरूप केन्द्रीय सङ्गठन विभागबाट आवश्यक तयारीहरू भएको छ। केन्द्रीय निर्वाचन आयोगबाट अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिएको छ’, बुर्लाकोटीले भने। 

यसैगरी ७५३ वटा पालिका मध्ये ५१२ वटा पालिकामा अधिवेशन सम्पन्न भएको जानकारी दिए । हालसम्म वडा अधिवेशन ६३ प्रतिशत र पालिका अधिवेशन ६८ प्रतिशत सम्पन्न भएको छ।