काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभरका जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरिसकेको भए पनि गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने यसपटक जिल्ला अधिवेशन नहुने भएको छ।
रास्वपाले पछिल्लोपटक डोल्पामा तदर्थ समिति गठन गरेको थियो। पार्टीको निर्णयअनुसार कुनै जिल्लामा कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था गरिएको छ।
मनाङ र मुस्ताङमा वडा तथा पालिका अधिवेशनसमेत सम्पन्न नभएकाले ती जिल्लामा जिल्ला अधिवेशन नगरिने जनाइएको छ।
पार्टीले आज र भोलि जिल्ला अधिवेशन सम्पन्न गर्ने तथा जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन आयोजना गर्ने कार्यतालिका तय गरेको छ।
रास्वपाको प्रथम महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन तथा भावी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया