अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक : विनोद चौधरी

सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक : विनोद चौधरी


काठमाडौं – उद्योगपति बिनोद चौधरीले विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले विगतमा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्ति रहेको र त्यसलाई अन्त्य गर्नु सकारात्मक रहेको बताए । उनका अनुसार अब पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरूलाई अगाडि बढाउने वातावरण निर्माण हुनुपर्छ ।

चौधरीले प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सुधारको प्रक्रिया अघि बढेको उल्लेख गर्दै त्यसलाई थप तीव्रता दिनुपर्ने पनि बताए ।
‘एकातर्फ हामी प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा आवश्यक सुधारका लागि अगाडि बढिरहेका छौँ र ती सुधारलाई थप तीव्रता दिनुपर्ने आवश्यकता पनि छ । अर्कोतर्फ, मुलुकमा विकसित भइरहेको आशावादको वातावरणलाई अझ सशक्त बनाउँदै व्यवहारिक तथा ठोस लगानी परियोजनाहरू अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ । ऊर्जा क्षेत्र यसको एउटा प्रमुख उदाहरण हो,’ चौधरीले भने ।

ऊर्जा क्षेत्रलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उहाँले विद्युत खरिद–विक्री सम्झौता (पीपीए) को प्रतिक्षामा रहेका हजारौँ मेगावाट क्षमताका परियोजनाहरू लामो समयदेखि रोकिएको चौधरीले बताए ।