अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते

मकवानपुरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते


हेटौंडा-मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराढोला (खोल्सा)स्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकापसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बलेरो गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।​​​​​​​

सुमो चालक काठमाडौं चन्द्रागिरी नगरपालिका १४ बस्ने ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक एकततर्फी सुचारु भएको छ ।

दुवै गाडी घटनास्थलमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।