अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी

रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी


झापा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। नवगठित जिल्ला कार्यसमितिको सभापतिमा ओमनाथ भण्डारी चयन भएका छन्।

समितिको उपसभापतिमा पुष्पा ढकाल, सचिवमा विरोध सुबेदी तथा सहसचिवमा भीम कुँवर चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा डिल्लीराम न्यौपाने, राजनारायण राजवंशी र शान्तिमाया न्यौपानेलाई जिम्मेवारी दिइएको छ।

रास्वपाले क्षेत्रीय समन्वयकसमेत चयन गरेको छ। क्षेत्र नम्बर १ देखि ५ सम्म क्रमशः कमल गौतम, गोपाल कटुवाल, कमल बानियाँ, लिलामाया बस्नेत र चूडामणि पाठक क्षेत्रीय समन्वयक बनेका छन्।

पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा जिल्लाभित्र पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ। नयाँ कार्यसमितिले जिल्लामा पार्टी संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।