अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदै छ कारोबार ?


काठमाडौँ-स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रुआठ हजार दुई सय र चाँदी रु.३३५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु.तीन लाख आठ सय   कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८९५ निर्धारण भएको छ ।

  गत शुक्रबार एक तोला सुन रु तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २३० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।