अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित

रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित


गुल्मी-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मी जिल्लाको सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन्। अधिवेशनबाट श्रेष्ठ जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति पदमा भएको प्रतिस्पर्धात्मक निर्वाचनमा श्रेष्ठले ११८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी मानबहादुर घर्ती क्षेत्रीले ११३ मत प्राप्त गरेका थिए। श्रेष्ठले ५ मतको अन्तरले नेतृत्व हात पारेका हुन्।

उपसभापति पदमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। उक्त पदमा प्रगति रानामगर १२७ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी निशेष श्रेष्ठले ९१ मत तथा भरत पोखरेलले १४ मत प्राप्त गरे।

सचिव पदमा देवराज पाण्डे भारी मतान्तरसहित विजयी भए। उनले १८९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी निरज मरासिनीले ४० मत प्राप्त गरेका थिए।

नवनिर्वाचित सचिव पाण्डेका अनुसार अधिवेशनमा कुल २३३ मत खसेको थियो, जसमध्ये ३ मत बदर भएका थिए।

सहसचिव पदमा सागर पाण्डे निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्ष पद पछि मनोनयनमार्फत चयन गरिने रास्वपाले जनाएको छ। दलित महिला सदस्यमा माया नेपाली निर्विरोध निर्वाचित भएकी छन्।

महिला सदस्यका तीन पदमध्ये निर्वाचन भएको दुई पदमा माया जिसी १८५ मत र देवकला राना १३३ मतसहित विजयी भए। त्यस्तै, दुई पुरुष सदस्य पदका लागि १४ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा भागवत गिरी ५९ मत र प्रेमबहादुर सुनार ४८ मतसहित निर्वाचित भएका छन्।

जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै रास्वपा गुल्मीले संगठन विस्तार र पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।