काठमाडौं- गएराती पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपाल सहित विभिन्न पाँच्वटा देशमा महसुस गरिएको हो
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाली समय अनुसार राति ११स्२१ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु पुनाखा सहरबाट करिब ५ किलोमिटरको दूरीमा रहेको प्रारम्भिक अनुमान गरिएको छ।
यस भूकम्पको धक्का भुटानमा मात्र सीमित नरहेर आसपासका छिमेकी मुलुकहरूमा समेत महसुस गरिएको थियो। भुटानसहित नेपाल, भारत, बंगलादेश र चीनको केही भूभागमा यसको प्रभाव परेको समाचारमा जनाइएको छ।
नेपालको सन्दर्भमा भने पूर्वी क्षेत्रका भूभागहरूमा भूकम्पको धक्का स्पष्ट रूपमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ।
रातिको समयमा धक्का महसुस भएपछि पूर्वी नेपालका कतिपय स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए।




प्रतिक्रिया