अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन [तस्बिरहरु]

स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन [तस्बिरहरु]


काठमाडौँ-जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता कार्यान्वयनको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। 

पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरू सहभागी रहेको उक्त प्रदर्शनमा ‘कांग्रेस-कम्युनिस्टले ठगे’, ‘बालेन, नठग’, ‘स्वायत्तता दिने आफ्नो वाचा पूरा गर’ र ‘स्थानीय सरकारलाई अधिकार दे’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो।

प्रदर्शनकारीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार स्थानीय तहलाई संविधानले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने, स्थानीय सरकारलाई आवश्यक स्रोत-साधन र निर्णय गर्ने अधिकार सुनिश्चित गरिनुपर्ने तथा जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका थिए। उनीहरूले विभिन्न राजनीतिक दलहरूले चुनावका बेला गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको आरोप लगाउँदै स्थानीय स्वायत्तता र जनउत्तरदायी शासन प्रणालीलाई बलियो बनाउन सरकार गम्भीर बन्नुपर्ने बताएका थिए।

माइतीघर मण्डलामा आयोजित प्रदर्शनका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा नाराबाजी गर्दै स्थानीय तहको अधिकार कटौती नगर्न र सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

Skip This