अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठक निष्कर्षविहीन, संसद अवरोध कायमै राख्ने विपक्षीको निर्णय

सर्वदलीय बैठक निष्कर्षविहीन, संसद अवरोध कायमै राख्ने विपक्षीको निर्णय


काठमाडौं-संघीय संसदकाे जारी गतिरोध तत्काल अन्त्य नहुने संकेत देखिएको छ। विपक्षी दलहरूले संसद बैठकमा अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छन्।

संसदमा देखिएको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भए पनि संसदकाे अवरोध हटाउने विषयमा सहमति जुट्न सकेन ।

बैठकमा संसदकाे गतिरोध, समसामयिक राजनीतिक विषय तथा सहमतिका सम्भावनाबारे छलफल भएको बताइएको छ । तर, विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध जारी राख्ने अडान दोहोर्‍याएका छन् ।

बैठकमा रास्वपा सभापति लामिछानेले हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी गराका थिए।

बैठकमा सहभागी विभिन्न दलका नेताहरूले मुलुकको वर्तमान राजनीतिक परिस्थिति तथा संसद्को प्रभावकारी सञ्चालनका विषयमा आफ्ना धारणा राखेका थिए।

Skip This