अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद्मा विरोध कायमै रहन्छ: ऐन महर

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद्मा विरोध कायमै रहन्छ: ऐन महर


काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल-भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताएका छन्।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद्मा विरोध कायमै रहन्छ

जेठ २५ गते सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रमुख सचेतक महरले विरोध जारी रहने बताएका हुन् ।

बैठकमा रास्वपाका सभापति लामिछानेको भारत भ्रमण र संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको उनले जानकारी दिए । तर दुवै विषयमा रास्वपाको प्रस्ट धारणा नआएको महरले बताए। 

‘दुई विषयमा घनिभूत छलफल भयो । पहिलो, रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणबारे जानकारी गराउनुभयो । त्यसमा हामीले इपीजीको विषयमा प्रश्न उठायौँ । अघिल्लो दिन प्रधानमन्त्रीले सीमा विवादबारे बोल्नुभयो । भोलिपल्ट सीमाको विषयमा छलफल भयो कि भएन ? त्यसमा उहाँले केही न केही भन्ने प्रयास गर्नुभयो । तर स्पष्ट जवाफ आएन’, उनले भने । 

संसद्को अवरोध हटाउने विषयमा पनि कुनै सहमति नभएको बताए । यसबारे सभापति लामिछानेले पार्टीभित्र र प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णयमा पुग्न सक्ने जवाफ दिएकाले सहमत हुन नसकेको उनले बताए । 

यसैगरी संसद्को अवरोध हटाउने विषयमा पनि कुनै सहमति नभएको बताए । यसबारे सभापति लामिछानेले पार्टीभित्र र प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णयमा पुग्न सक्ने जवाफ दिएकाले सहमत हुन नसकेको उनले बताए । 

Skip This